Aamsanchar

सुनकाे १ लाख ४२ हजार २०० रुपैयाँ पुगेर बनायाे रेकर्ड

Author Image
मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं – आज छापावाला सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ।

शुक्रबार १ लाख ४२ हजार २०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले मंगलबार पुन अर्को रेकर्ड कायम गरेको हो। आज सुन तोलामा १ हजार ७०० रुपैयाँ बढेर छापावाला सुन १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रतितोला चाँदीको मूल्य १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३४८ दशमलव ६६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ६५ पैसामा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर