Aamsanchar

असार ३ गतेदेखि कोशी प्रदेशस्तरीय खेलकुद प्रतियोगिता

Author Image
बुधवार, जेठ २३, २०८१

मोरङ – कोशी प्रदेश खेलकुद विकास बोर्डले आउँदो असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

आज पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले चालू आर्थिक वर्षमा बोर्डमार्फत कार्यान्वयन हुने खेलकुदको समय निर्धारण गरी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बोर्डले असार ३ गते पारा खेलकुद प्रयोगिता मोरङ र सुनसरीमा, मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल मोरङको विराटनगरमा असार १५ गतेभित्र, प्रदेशस्तरीय पौडी प्रतियोगिता मोरङ र सुनसरीमा असार १५ गतेभित्र, प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता खोटाङमा असार ८ देखि १३ गतेसम्म, प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता तेह्रथुममा असार ३ देखि ७ गतेसम्म आयोजना गर्ने भएको छ ।

यसैगरी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता विराटनगरमा असार ७ गतेदेखि, महिला सेल्फ डिफेन्स तालिम तथा योजना प्रशिक्षण मोरङ, झापा र सुनसरीका विभिन्न विद्यालयमा असार १५ गतेभित्र, प्रदेशस्तरीय कुरास प्रतियोगता सुनसरीमा असार १५ गतेभित्र, प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगिता विराटनगरमा असार १३ गते तथा प्रशिक्षक विकासका लागि प्रशिक्षण कार्यक्रम मोरङ र तेह्रथुममा असार १५ गतेभित्र सञ्चालन हुने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)