Aamsanchar

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते

Author Image
बुधवार, जेठ २३, २०८१

काठमाडौँ – सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा असार १२ गते निर्णय सुनाउने भएको छ।

काभ्रेका अर्जुन लामा हत्या प्रकरणको विषयमा दायर मुद्दाको बुधवार सुनुवाइ सकेको सर्वोच्चले आउँदो असार १२ गतेका लागि फैसलाको मिति तोकेको हो। पतिको हत्या प्रकरणमा सापकोटालगायत विरुद्ध काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन्।

अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,  प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ भएको थियो। सोही इजलासले निर्णय सुनाउने मिति असार १२ लाई तोकेको हो।

१२ वर्षअघि विसं २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर