Aamsanchar

शनिलाई क्रूर ग्रहको संज्ञा किन दिइन्छ ?

Author Image
बुधवार, जेठ २३, २०८१

शनिलाई क्रूर ग्रहको संज्ञा दिइन्छ । जुन शनिलाई आफ्नो पत्नीको श्रापका कारण क्रूर बनेका हुन् । आखिरमा शनिको दृष्टि किन यति क्रूर भयो त रु शनिको पत्नीको श्रापको प्रसङ्ग ब्रह्म पुराण’का अनुसार, शनि सानैदेखि विष्णु भगवानका परम भक्त थिए । पछि उनको चित्र रथ नामक गन्धर्वकी छोरीसँग विवाह हुन पुग्यो । शनिकी पत्नी अत्यन्तै धार्मिक एवं पतिव्रता थिइन् ।

कुनै दिन रात्रिकलामा शनि पत्नीले आफ्नो पतिसँग ऋतु दानको इच्छा गरिन् । तर शनिदेव त्यति बेला भगवान् विष्णुको ध्यानमा मग्न थिए । कामातुर पत्नीले धेरै बेर प्रतीक्षा गर्नुपर्‍यो । अनि आवेगमा रहेकी शनिकी श्रीमतीले आफ्ना पतिलाई श्राप दिइन् । पछि पश्चात्ताप पनि भयो । पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य शनिमा थिएन, उनकी पत्नी तपस्वी एवं पतिव्रता थिइन् । त्यसपछि शनिले यथासम्भव कसैलाई पनि दृष्टि नपरोस् भनेर टाउको निहुँर्याएर हिँड्न थालेको कथा वर्णित छ ।

शनिदेवलाई न्याय प्रिय राजा मानिन्छ । स्कन्द पुराणको काशी खण्डमा वर्णित कथाअनुसार, एक दिन सूर्य तथा छाया पुत्र शनिले आफ्नो पिता सूर्यसँग प्रार्थना गरेर भने कि म यस्तो पद प्राप्त गर्न चाहन्छु सम्पूर्ण चराचर जगत् तथा नवग्रहहरूमध्ये सबैभन्दा शक्तिशाली एवं उच्च पद प्राप्त गर्न सकौँ । जुन पद कसैले पनि प्राप्त गर्न सकेका छैनन् । ‘हजुरको मण्डल भन्दा मेरो मण्डल सात गुणा ठुलो होस् । देवता, दानव, असुरादि कसैले पनि मेरो वेगको सामना गर्न नसकुन् । मेरो शुभ दृष्टि जसलाई पर्छ, उसको कल्याण होस् र जसलाई क्रूर दृष्टि पर्छ उसको सर्वनाश होस् ।’शनिले यस्तो भनेपछि छोराको यस्तो उद्देश्य सुनेर सूर्यदेवले काशीमा गएर भगवान् महादेवको भक्ति एवं आराधना गर्न सल्लाह दिनुभयो । आफ्नो पिताको आज्ञा अनुसार शनिले काशीमा गई शिवजीको घोर तपस्या गरी शिवजीलाई प्रसन्न गरी नव ग्रहहरूमध्येको एउटा उच्च पद प्राप्त गर्नुभयो ।

त्यसै समयदेखि शनिलाई भगवान् शिवले नवग्रहको न्यायाधीशको काम सुम्पिनु भएको थियो । त्यसै कारण सम्पूर्ण जगत् शनिदेवसँग भयभीत रहन्छन् । शनिदेवकी आफ्नै पत्नीकै श्रापको कारण जो कोहीमाथि शनिको दृष्टि अडैया, साढ़ेसाती, शनिको कुदृष्टि आदिको कारणले अप्रिय फल दिन बाध्य हुनुहुन्छ ।शनि ग्रहको कुदृष्टिले एउटा राजालाई रातारात रैती बनाउँछ भने शुभ दृष्टिले एउटा भिखारीलाई रातारात सम्पन्न र समृद्धिशाली बनाउने सामर्थ्य शनिमा हुन्छ । शनिकै दृष्टि दोषका कारण भगवान् शिवजी, गणेश, राम, रावण, तथा पाण्डवहरू आदिले अनेकौँ दुख, कष्ट झेल्नु परेको थियो भन्ने पौराणिक कथा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर