Aamsanchar

वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरि वटसावित्री पर्व मनाईँदै

Author Image
बिहिवार, जेठ २४, २०८१

महोत्त्तरी – मिथिलाञ्चलमा आज वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । आज बिहानैदेखि वरपीपल भएका ठाउँमा नयाँ वस्त्र लगाएका महिलाले सामूहिक गीत गाउँदै हर्षपूर्वक यो पर्व मनाउँदै छन् ।

पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलाञ्चलका महिलाले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् ।

वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ वरको रुखको फेदमा गरिन्छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर