Aamsanchar

मधेश प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Author Image
शुक्रवार, जेठ २५, २०८१

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शुक्रबार विशेष समारोहका बीच प्रदेश प्रमुख सुमित्रा दुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन्।
जनमत पार्टी नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग,वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन्।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास,राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति,शत्रुधन प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका हुन्।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिँचाई तथा खानेपानी मन्त्री नियुक्त भएकी छन्।

यसैगरी नेपाल संघीय समाजवादी पार्टीकी एकल सांसद रहेकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन्।

एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन्। जनमत पार्टीकी रञ्जु मण्डल खंग विना विभागीय राज्यमन्त्री नियक्त भएकी हुन्।

जनमत पार्टीको भागमा परेको वन तथा वातावरण मन्त्रालय तत्काल मुख्यमन्त्री सतिशकुमार सिंहले नै सम्हाल्नेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर