Aamsanchar

बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार

Author Image
शनिवार, जेठ २६, २०८१

काठमाडौँ । बंगलादेशले जारी टी–२० विश्वकपमा विजयी शुरुवात गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।

यो बंगलादेशको यस विश्वकपमा पहिलो खेल हो । यो जितपछि बंगलादेशले समुह डी मा महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

त्यस्तै श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो ।

अब बंगलादेशले अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ भने श्रीलंकाले बुधबार बिहान नेपालसँग खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर