Aamsanchar

गोसाइँकुण्डमा गंगा दशहरा मेला

Author Image
शनिवार, जेठ २६, २०८१

रसुवा – पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गंगा दशहरा मेला चलिरहेको छ। पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन्।

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ। चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए।

श्रद्धालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले दाबी गरे। यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न उनले आग्रह गरे।

गंगा दशहरा मेला १० दिनसम्म लाग्छ। काठमाडौँबाट धुञ्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी र लौरीविनायक भएर गोसाइँकुण्ड पग्न सकिन्छ। मेला असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर