Aamsanchar

सुन आयातमा भन्सार वृद्धि गर्ने निर्णय खारेज गर्न माग

Author Image
शनिवार, जेठ २६, २०८१

पोखरा –आगामी आर्थिक वर्षको बजेटमा सुन आयातमा ५ प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय खारेज गर्न व्यवसायीहरूले माग गरेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा वृद्धि गरिएको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

नेपाल सरकारले २०८१/०८२ को बजेटमा सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत पुर्‍याएपछि महासंघले खारेज गर्न माग गरेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले जानकारी दिए ।

अध्यक्ष सुनारले सरकारले गत वर्षपनि भन्सार महसुल विद्येयक २०८० मार्फत सुनको आयातमा भन्सार वृद्धि गरेको बताए । ‘सरकारले गत वर्ष पनि भन्सार वृद्धि गरेको थियो, सुन आयातमा वर्षपिच्छे भन्सार वृद्धि गर्दा विश्व बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भएको छ, व्यवसायीहरुसँग कुनै सल्लाह नगर्दा व्यवसायीमा समस्या भएको छ,’ अध्यक्ष सुनारले भने, ‘ सरकारले व्यवसायीहरुसँग सल्लाह नगरी एकाएक भन्सार वृद्धि गर्दा यो व्यवसाय गर्ने कि नगर्ने अवस्थामा व्यवसायी पुगेका छन् ।’

उनले देशभर २० हजार बढी सुनचाँदी व्यवसायीसँगै २ लाख बढीले प्रत्यक्षरअप्रत्यक्ष रुपमा रोजगारी पाएको स्मरण गराए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर