

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्।

शान्तिवाटिकाबाट सुरू भएको गौरव र्याली नारायणचौर पुगेर समापन भएको थियो। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन्।
विशेषतः सन् १९६९ जुन महिनामा न्युयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो।

यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै विभिन्न प्लेकार्ड बोकेका थिए।
Views: 68


