Aamsanchar

नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको सुरुवात हुने परराष्ट्रमन्त्रीको भनाइ

Author Image
आइतवार, जेठ २७, २०८१

काठमाडौँ- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहलाई सशक्त बनाउने काम गरिरहेको बताउनुभएको छ।

आइतबार काठमाडौँमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल-भारतको सांस्कृतिक सन्दर्भ विषयक दुई दिवसीय संगोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो।

उहाँले दुई देशबिचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो।उहाँले सामाजिक परिवर्तन एक निरन्तर प्रक्रिया भएको बताउँदै राम्रो समाजको लागि निरन्तर प्रयास हुनुपर्ने बताउनुभयो।

समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तले नेपाली समाजलाई जीवन्त बनाइरहेको बताउनुभयो।

सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाको जाँच आवश्यक हुने बताउनुभयो।उहाँले नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ सम्ममा एलडीसीको स्थितिबाट उत्तिर्ण हुने, एसडीसीलगायत अन्तर्राष्ट्रिय मान्यता प्राप्त विकास लक्ष्य हासिल गर्नका साथै ग्लोबल वार्मिङ र जलवायु परिवर्तनसँग जुध्न प्रतिबद्ध रहेको बताउनुभयो।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर