Aamsanchar

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सर्वोच्चद्वारा प्रमाण झिकाउने आदेश

Author Image
सोमवार, जेठ २८, २०८१

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश भएको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले जानकरी दिए । उनका अनुसार लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वोच्चले आदेश दिएको छ ।

“उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा निर्दोष रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री लामिछानेले संसद्‌मा दिएको अभिव्यक्तिको भिडियोसमेत पेस गर्ने आदेश भएको छ,” अधिवक्ता भट्टराईले भने । उनका अनुसार इजलासबाट लिखित आदेश भने भइसकेको छैन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर