Aamsanchar

सुनको भाउ

Author Image
सोमवार, जेठ २८, २०८१

काठमाडौं – आइतबार तोलाको ४ हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर छ । शनिबार अन्तर्राष्ट्रिय बजारमा गिरावटसँगै आइतबार एकैदिन ४ हजार घटेको थियो । तर, आइतबार अन्तर्राष्ट्रिय बजारमा बन्द हुने सुन कारोबारले सोमबार नेपाली बजारमा आइतबारकै मूल्यमा सुन कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन तोलाको १ लाख ४१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य पनि स्थिर छ । आइतबार तोलाको १ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर