Aamsanchar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज देखियो यस्तो दृष्य

Author Image
सोमवार, जेठ २८, २०८१

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन योजना अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् । आधा घण्टाका लागि गरिने अभ्यासमा नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायत अभ्यास गरिन्छ ।

उद्धारका लागि दमकल, एम्बुलेन्सर उद्धारकर्मी कसरी परिचालित गर्ने भन्ने अभ्यास पनि गरिन्छ । संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास भइरहेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार अभ्यास क्रममा विमानस्थल बन्द भएको छैन, बरु उडान–अवतरण सामान्य डिले भने हुन सक्छन् । अभ्यासबारे आन्तरिक वायुसेवा कम्पनीदेखि नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ । उनका अनुसार सबै वायुसेवाले उडान–अवतरण सेड्युल मिलाएका छन् । विमानस्थल धावनमार्गको पूर्वपट्टि भागमा पूर्णकालीन अभ्यास भइरहेकाले उडान–अवतरण रोकिएका छैनन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ० को मापदण्ड तथा त्रिभुवन विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार वर्षैपिच्छे अनिवार्य यस्तो अभ्यास गर्नुपर्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 2

प्रतिक्रिया (०)