Aamsanchar

मनसुन सुरु हुन अघिनै सुनसरीको बाढी प्रभावित क्षेत्रमा सुरु भयाे रोपाइँ

Author Image
सोमवार, जेठ २८, २०८१

इनरुवा-सुनसरी खोलाको बाढीको उच्च जोखिममा रहेको क्षेत्रमा किसानले धान रोपाई सुरु गरेका छन् । बाढी प्रभावित क्षेत्र मानिने भोक्राहा नरसिंह गाउँपालिका ५ र ७ नम्बर वडाका स्थानीय किसान अहिले धान रोपाइँमा व्यस्त बनेका छन् ।

यहाँका किसानहरू हरेक वर्ष मनसुन सुरु हुनु अगाडि नै धान रोप्न सुरु गर्ने गरेको स्थानीय रवीन्द्र यादवले बताउनुभयो । यो क्षेत्र बाढीको सम्भावनाले ग्रस्त भए पनि कृषकहरू आफ्नो जीविका चलाउनका लागि धान खेती जोखिम मोलेर पनि लगाउने गरेको यादवले बताउनुभयो ।

वर्षा सुरु हुनु अगाडि नै रोपाई गरिएन भने डुबान भएपछि रोप्न नसक्ने भएकाले अगाडि नै रोपाई थालेको सिकान रामु यादवले बताउनुभयो । भोक्राहा नरसिंहका किसानहरू कृषि उपकरण र आधुनिक प्रविधि नआएकाले परम्परागत रूपमा आफैँ रोपाई गरिहरेका छन् ।

बाढीको जोखिमलाई चुनौतीका रूपमा लिएर, उनीहरू आफ्नो मेहनत र साहसले हरेक वर्ष उत्कृष्ट उत्पादन गरिरहेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा धान रोपाइँको हालको अवस्था चुनौतीपूर्ण रहेको अर्का स्थानीय दीपेन्द्र यादवले बताउनुभयो । बाढीको उच्च जोखिम क्षेत्र भएपनि यहाँका किसानहरूको मेहनत र साहस प्रेरणादायी रहेको स्थानीय शिक्षक देवकृष्ण यादवले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर