Aamsanchar

उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्विरोध

Author Image
बुधवार, जेठ ३०, २०८१

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।

निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि आज बिहान उमेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उमेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । अध्यक्षबाहेकका पदमा नेताहरूको उमेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ ।

मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८:३० बजेदेखि उमेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर