Aamsanchar

ताप्लेजुङमा पहिरोले पुरिएर २५ वर्षीय युवककाे घटनास्थलमै मृ*त्यु

Author Image
बुधवार, जेठ ३०, २०८१

ताप्लेजुङ- ताप्लेजुङमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ। जिल्लाको सिरिजङ्घा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

प्रहरीकाअनुसार पाँचथरको फिदिम नगरपालिका–१४ लुङ्रपा घर भएका राई ट्रयाक्टरमा सहचालकका रूपमा कार्यरत थिए । परियोजनास्थल सिरिजङ्घा गाउँपालिका–७ खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थलमा नै मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ट्रयाक्टर पहिरोले बगाएर सडकदेखि करिब ६० मिटर तल पुर्‍याएको थियो । ट्रयाक्टरका चालकले भने भागेर ज्यान बचाउन सफल भएका थिए । घटना सोमबार रातिको भएपनि मृतकका आफन्तलाई पर्खनुपर्ने हुँदा बुधबार मात्र घटनास्थलबाट शव उठाएको प्रहरी निरीक्षक लुङगेलीले बताउनुभयो ।

उहाँकाअनुसार घटनास्थलबाट शव उठाएर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पुर्‍याइएको छ । मृतकका बाबु दीपक राईसहितका आफन्तहरू आउनुभएको र शव पोष्टमार्टम ९परीक्षण० गरी बुझाउने तयारी भइरहेको लुङगेलीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हाइड्रोपावर परियोजना र मृतकका परिवारबिच क्षतिपूर्तिका विषयमा पनि समझदारी भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर