Aamsanchar

रोङमा अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण

Author Image
बुधवार, जेठ ३०, २०८१

इलाम-शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म जान नसकेका रोङ गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणसहित अपाङ्गता भएका व्यक्तिका लागि प्रयोगमा रहेका रातो, निलोसहितका कार्डहरू र विभिन्न सामग्री समेत हस्तान्तरण गरिएको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो ।

गाउँपालिकाले हरेक सार्वजनिक बिदाको दिनको सदुपयोग गर्दै मेची अस्पतालका डाक्टर नवीन भुजेलसहित गाउँपालिकाको टोलीले स्वास्थ्य सहित अन्य सेवा उपलब्ध गराएको हो । रोङका सबै वडामा रहेका अपाङ्गता भएका व्यक्तिका घर–घरमै पुगेर उनीहरूको आवश्यकता अनुसार ह्वील चेयर र स्लिपिङ ब्याग समेत हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष भुजेल बताउनुहुन्छ ।

गाउँपालिकाले यो वर्ष चार लाख रुपियाँ बराबरको सामग्री अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराएको बताइएको छ । रोङमा तीन सय ६५ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । यीमध्ये ३६ जना रातो कार्ड भएका र ६५ जना सेतो कार्ड भएका व्यक्तिहरू रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)