Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, जेठ ३२, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२