Aamsanchar

ताप्लेजुङमा भएको घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

Author Image
शुक्रवार, जेठ ३२, २०८१

विराटनगर-  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।

घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिनुभएको छ । प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरुलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मनवीय क्षति कम गर्न सावधानी अपनाउन उहाँले निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर