काठमाडौं – आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।
जारी खेलको १५ ओभर समाप्त हुँदा दक्षिण अफ्रिकाले तिन विकेट गुमाएर ८० रन बनाएको छ ।

सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।
Views: 85

