Aamsanchar

बकर इद (इद ऊल जोहा) हिजारी सम्वत

Author Image
सोमवार, असार ३, २०८१

बकर इद (इद ऊल जोहा)
عيد مبارك
इद मुबारक

हिजारी सम्वत
’इद ऊ जोहा’ अथवा ’ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाउँदै छन् । इस्लाम पात्रो ’हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १०औँ दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।

यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ।

मुस्लिम धर्मग्रन्थका अनुसार
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वर कोलागि हो भन्ने भावना जागृत गराउनु हो।

हज तीर्थयात्राको यस वर्ष कालागि औपचारिक समापन
हरेक मुस्लिमहरूका लागि जीवनमा एकफेर साउदी अरबको मक्का मा हज तीर्थयात्रा गर्न जरुरी मानिन्छ यसकालागि एउटा निश्चित समय तय गरिएको हुन्छ । आजबाट मक्का मा जाने हज तीर्थयात्राको यस वर्ष कालागि औपचारिक समापन भएको दिन पनि हो ।

आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समुदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभाइहरुलाई डाँकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार जस्तै खसीको मासु, बिरयानी तथा अन्य स्वादिष्टमिठाइहरू खुवाउने र खुसीयाली साट्ने गर्दछन् । बहुभाषिक, वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसँगको सामीप्य र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।

यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन् । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किनु राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो।

हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरिबहरू पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो सञ्चित धनको २।५ प्रतिशत हिस्सा गरिबहरूलाई दान गर्नु पर्ने नियम छ। अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरूलाई कुरवान् गर्ने चलन पनि छ । गरिएको कुर्बानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकीलाई दिइन्छ, दोस्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेस्रो भाग चाहिँ कुर्बानी गर्ने परिवारले राख्दछन् ।

यस दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छ जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होस। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन “अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द“ र यसको नेपाली अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्“ भन्ने बुझिन्छ।

यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्बानी गर्न नपाउने मुसलमानहरूले आफ्नो गाउँ लगायतका सामीप्य रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर इद लाई केवल कुबानी अर्थात् बलीसँग मात्र जोडेर हेर्न बन्द गरिनुपर्दछ, वली अर्थात् जीवन लिनु मात्र नभई जीवनको मूल्य बुझेर सम्मान गर्नु पनि हो । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनुयायी दाजुभाइ तथा दिदी बहिनीहरूमा ’इद उल जोहा’को शुभकामना !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर
जितिया पर्व मनाइँदै
बुधवार, असोज ९, २०८१
गोरखकाली पूजा, गोरख सन्देश ?
बुधवार, असोज ९, २०८१
आज अष्टमी श्राद्ध
बुधवार, असोज ९, २०८१