दमक । झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा झिलझिलेबाट दमक तर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बर को टिपर र विपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ नम्बरको यात्रुवाहक बस एक आपसमा ठक्कर खादा बसमा सवार २१ जना यात्रुवर्गहरू घाईते भएका छन् ।
आज बिहान ७ बजेर ३० मिनेटमा भएको घटनामा घाइते हुनेहरूलाई उपचारको लागि दमक तर्फ पठाइएको छ ।
दमक स्थित दमक रिसर्च सेन्टर अस्पतालमा ११ जना, लाइफलाइन अस्पतालमा ९ जना र दमक अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते हुनेहरूको नाम संकलन भई सकेको छैन सकेको छैन । प्रहरीले नाम, थर, वतन सहितको विवरण बुझ्ने कार्य गरिरहेको छ । बस र टिपर घटनास्थलमै रहेको रहेको भने दुर्घटनाग्रस्त सवारीले बाटो अवरोध गरेको छैन ।
बस चालक उदयपुर त्रियुगा नगरपालिका ३ बस्ने वर्ष ४५ को अशोक बोट र टिपर चालक जिल्ला धनुषा गणेशमान नगरपालिका ५ बस्ने वर्ष ३४ को शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकका प्रहरीहरूले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भर्नेकाम भइरहेको आमसंचारलाई जानकारी प्राप्त भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
1
+1
Views: 21