Aamsanchar

एकहजार आमालाई कानून सिकाउँदै मेट्रो कलेज

Author Image
मङ्गलवार, असार ४, २०८१

तुलसीपुर । तुलसीपुर मेट्रो कलेज कानुन सङ्काय एकहजार आमाहरूलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिका भित्रका सबै वडाका आमाहरूका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । 

उनले आमाहरूका लागि आवश्यक पर्ने विभिन्न खालका कानूनी कुराहरू सिकाइने पनि बताए । ‘महिलाले आफ्नो अधिकारका बारेमा नजान्दा घरेलु हिंसाको सामना गरिरहनुपरेको छ त्यसैलाई रोक्नका लागि यस्तो अभियान सञ्चालन गरिएको हो’ कलेज प्रमुख आचार्यले बताए  ।
कानूनी साक्षरता अन्तर्गत न्यायिक समितिमा निरुपण हुने मुद्दा, महिला हिंसाका साथै महिला अधिकारका बारेमा संवैधानिक व्यवस्था सम्बन्धी विषयमा तालिम दिइएको अधिवक्ता विजय पोख्रेलले बताए । उनले महिलाका विभिन्न कानूनी समस्याका बारेमा पनि छलफल गरिने जनाए । 

 तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका महिलाहरूका लागि कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । ‘महिलाहरूलाई आफ्नो अधिकारका बारेमा समेत थाहा नहुँदा उनीहरु पछाडि परिरहेका छन् ‘ उपप्रमुख स्यानी चौधरीले बताइन् । उनले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले सबैले कानूनका बारेमा जानकारी लिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)