Aamsanchar

८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्‍यता त्यागे : मन्त्री सुमना श्रेष्ठ

Author Image
मङ्गलवार, असार ४, २०८१

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्‍यता त्याग गरेको बताएकी छिन्।

आज (मंगलबार) शिक्षा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै यस्तो जानकारी दिएकी हुन्।

उनका अनुसार ४५ जना शिक्षकविरूद्ध उजुरी परेको छ। ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको पनि उनले बताएकी छिन्।

त्यस्तै,उनले कुन पालिकामा कतिले पढाइ छाडे भन्ने तथ्यांकको लागि विद्यार्थीहरूको राष्ट्रिय परिचयपत्र बनाउने,अभिभावकहरूको प्रतिक्रिया समेट्न समाजसँग पाठ्यक्रम ल्याएको लगायत काम भएको जानकारी दिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)