Aamsanchar

धिमाल भाषामा आउने भयो नयाँ गीत “लोसु लोसु लोसु“ 

Author Image
मङ्गलवार, असार ४, २०८१

मोरङ । धिमाल जातीको कला संस्कृति संरक्षण र मौलिकताको बारेमा विश्वसामु परिचित गराउने उद्देश्यले धिमाल भाषामा आधारित नयाँ गीत “लोसु लोसु लोसु“ निर्माण हुने भएको छ ।
बेलबारी–११, लक्ष्मीमार्गका अर्जुन धिमालले उक्त जातीय गीत निर्माण गर्ने भएका हुन ।  आफ्नो धिमाल कला र संस्कृतिका बारेमा नव पुस्तालाई दर्शाउने इच्छा चाहना थियो त्यही चाहना पुरा गर्नु र गीत संगीत प्रतिको झुकाव र लगावको कारण गीत तयार पार्न लागेको अर्जुनको भनाई छ ।

प्रेम खतिवडा, सन्थाल फिल्म बोनोदलका निर्माता तथा निर्देशन किरण खतिवडा, मास्टर सेफ साइ कुमार शर्माको सहयोगमा धिमाल जातीको गीत निर्माण गरिने अर्जुन धिमालले बताए ।

‘लोसु लोसु लोसु’ गीत को ऐरेंन्ज, मास्टरिंग र मिक्सिङ, निर्देशन रबी रिमालले गर्ने भएका छन् ।  शब्द र संगीत भने अर्जुन धिमाल र किरण खतिवडाको रहने छ ।

अर्जुन धिमालकै स्वर र अभिनयमा गीत रेकडिङ हुने बताइएको छ । गीतको भिडियोमा किरण खतिवडाको पनि मुख्य अभिनय रहने छ । पोस्टप्रोडक्सनको काम भने आइएमपिएच मुम्बईले गर्ने निर्माता अर्जुन धिमालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर