Aamsanchar

बागेडाँगी–त्रिदेवी सहकारीको दन्त शिविरमा १२१ जनाले सेवा लिए 

Author Image
मङ्गलवार, असार ४, २०८१

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका ५ लक्ष्मीपुर स्थित श्री बागेडाँगी त्रिदेवी बहुउद्देश्य सहकारी संस्थाले एक दिवसीय निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
सहकारीले सामाजिक उत्तरदायित्व कार्य अन्तरगत दन्त शिविर आयोजना गरेको हो ।

हिजो सोमबार अर्जुनधारा ५ बिहिबारे बजार स्थित शोभा भगवती नवदुर्गा पाञ्चायन धामको सामुदायिक भवनमा आयोजना भएको शिविरबाट १ सय २१ जनाले सेवा लिएको संस्थाकी व्यवस्थापक यशोदा कार्कीले जानकारी दिइन ।

ओम प्रो पब्लिक डेन्टल क्लिनिकको प्राविधिक सहयोग, डेन्टल सर्जन डाक्टर सि.डी. यादवले बिरामीहरूको दन्न जाँच गरेका थिए ।

शिविर सञ्चालनमा सूर्य पोलिक्लिनिक लक्ष्मीपुर, शोभा भगवती नवदुर्गा पाञ्चायन धाम समितिको सहकार्य रहेको थियो । सूर्यप्रसाद रिमालको संयोजकत्वमा आयोजित शिविरमा स्वागत संस्थाका अध्यक्ष छविलाल लम्सालले गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखा सुपरीवेक्षण संयोजक रुद्र ओलीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर