Aamsanchar

छाउगोठमा १६ वर्षीया बालिका बलाकृत

Author Image
बुधवार, असार ५, २०८१

अछाम – अछाममा छाउगोठमा एकजना किशोरी बलाकृत भएको घटना बाहिर आएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी एक किशोरी छाउगोठमा बलाकृत भएकी हुन्।

पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी हुन्। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले पिडित किशोरीलाई उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएका थिए।

अनुसन्धान क्रममा र किशोरीलाई सोधपुछको क्रममा उनले आफूसँगै पढ्ने मामा नाता पर्नेबाट बलाकृत भएको बताएकी अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए। पाठकका अनुसार आरोपित १७ वर्षका किशोरलाई पक्राउ गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए।

 

अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा काउन्सिलिङका क्रममा किशोरीले घटनाबारे सबै बताएकी छिन्। आँखा, घाँटी, हातमा कपडाले बाँधेर बलात्कार गरेको किशोरीले बताएकी छिन्। बलात्कारको घटनामा अन्यको पनि संलग्नता रहेको आशंका गरिएको छ। सोमबार साँझ छिमेकीको घरमा जन्मदिनको नाचगान चलिरहेको बेला घटना घटेको एकजना स्थानीयले बताए।
किशोरीको उद्धारपछि छाउगोठ भत्काइएको पञ्चदेवल विनायक नगरपालिकाकी नगरप्रमुख अम्बिका चलाउनेले बताइन्। घटनाबारे फोन मार्फत जानकारी पाएपछि प्रहरी,जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेको बताइन्। घटनास्थलमा पुग्दा किशोरी अचेत अवस्था रहेकी र घटनाबारे कसैले पनि जानकारी दिन नमानेको प्रमुख चलाउनेले बताइन्।

अछाममा पुनस् धमाधम छाउगोठ निमार्ण हुन थालेका छन्। घरै बस्न थालेका किशोरी तथा महिलाहरु फेरि छाउगोठमै फर्कन थालेका छन्। हालसम्म अछाममा छाउगोठमा कति महिला तथा किशोरीका ज्यान गयो र कति यौनजन्य हिसाका शिकार भए भन्ने तथाक छैन। तर २०६३ साल यता भने अछाममा १४ जना महिला तथा किशोरीहरुले छाउगोठमा ज्यान गुमाएको तंथाक छ।

२०७६ मंसिर १६ गते जिल्लाको साँफेबगर नगरपालिका–३ की पार्वती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको थियो। सोही क्रममा जनप्रतिनिधि,प्रहरी,महिला अधिकारकर्मी लगायतले जिल्लाको १० हजारभन्दा बढी छाउगोठ भत्काएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर