Aamsanchar

रोटरी क्लब सुरुङ्गाले डायलासिस सेन्टर स्थापना गरिदिने, पत्रकार काजीलाई पुरस्कार प्रदान 

Author Image
आइतवार, असार ९, २०८१

कनकाई । रोटरी क्लब अफ सुरुंगाले कनकाई नगर अस्पतालमा डायलासिस सेन्टर सञ्चालनमा ल्याउने योजना अघि सारेको छ ।  कनकाई नगरपालिकाले सञ्चालन, व्यवस्थापनको जिम्मेवारी लिएको खण्डमा रोटरीको तर्फबाट कनकाई अस्पतालमा डायलासिस सेन्टर स्थापना गर्न सकिने क्लबका संस्थापक अध्यक्ष एलपी उप्रेतीले बताए ।
हिजो (शनिबार) सुरुंगा स्थित होटल डि लाइटमा आयोजित रोटरी क्लब सुरुंगाको ७ औं स्थापना दिवस समारोहमा औचित्यमाथि प्रकाश पार्ने क्रममा संस्थापक अध्यक्ष उप्रेतीले डायलासिस सेन्टर स्थापना गर्न सकिने बताएका हुन ।

शिक्षा, स्वास्थ्य, मानव सेवाको क्षेत्रमा कमगर्दै आएको रोटरी क्लबले विपन्न वर्गका मृगौला रोगीहरूलाई  डायलासिस सेवा उपलब्ध गराउन रोटरी कर्मीहरु र रोटरी इनटरनेशनल बिच साझेदारी योजना  अनुसार कनकाई नगर अस्पताललाई डायलासिस  सेवाका उपकरणहरू उपलब्ध गराउन सकिनेछ, तर सेवा सञ्चालनको लागि स्थानीय सरकार नगरपालिकाले पूर्ण जिम्मेवारी लिनु पर्ने क्लबका अध्यक्ष शिवकुमार कँडेलले आमसंचारलाई बताए । उनले थप्दै भने ‘सञ्चालनको जिम्मा कनकाई नगरपालिकाले लिन्छ भने हामी डायलासिस  उपकरणहरू उपलब्ध गराउन सक्छौँ ।’

स्थापनाको ७ वर्ष अवधीमा रोटरी क्लब सुरुंगाले कनकाई र झापा गाउँपालिकामा धेरै ठाउँमा सामाजिक कार्यहरू गरिसकेको छ । यस वर्ष रोटरीको आयोजनामा कनकाई कला, साहित्य महोत्सव, कनकाई शव बहान को लागि समन्वय, सकारात्मक सोच विकासका लागि पत्रकार टिकाराम यात्रीको कार्यक्रम कनकाईमा सञ्चालन, स्वास्थ्य शिविर, आखा शिविर, खेलकुद सामाग्री, हुइलचियर  वितरण कार्यक्रमहरू रोटरी क्लब सुरुंगाले सम्पन्न गरेको अध्यक्ष कँडेलले जानकारी ।

रोटरी क्लब अफ सुरुंगा स्थापनको ७ औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा वर्ष उत्कृष्ट रोटरी पत्रकारिता पुरस्कार पत्रकार मोहन काजी न्यौपानेलाई प्रदान गरिएको छ ।
स्व. हेमकला र टिकाराम निरौलाको नाममा छोरा रामप्रसाद निरौलाले स्थापना गरेको पुरस्कार न्यौपानेलाई प्रदान गरिएको हो । नगद १५ हजार ५५ रुपैयाँ राशीको पुरस्कारबाट पत्रकार दीपिन राई, तीर्थ खरेल यस अघि सम्मानित तथा पुरस्कृत भईसकेको पुरस्कार दाता पत्रकार राम निरौलाले जानकारी दिए ।  यस वर्षको उत्कृष्ट पत्रकार छनौटका लागि तीन सदस्य छनौट समिति बनाइएको थियो । कार्यक्रममा सम्मानित तथा पुरस्कृत व्यक्ति मोहन काजीको व्यक्तित्व परिचय छनौट समिति संयोजक क्लबका पूर्व अध्यक्ष टिकाप्रसाद कट्टेलले गराएका थिए । 

रोटरी क्लब अफ सुरुंगाका अध्यक्ष शिवकुमार कँडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, रोटरी क्लब का डिस्ट्रिक्ट असिस्टेन्स गर्भनर सन्दिप दीपु चापागाईँ, सम्मानित व्यक्ति पत्रकार मोहन काजीलगायतले मन्तव्य राखेका थिए ।
क्लबका द्वितीय उपाध्यक्ष सरला पोखरेलले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष खिलप्रसाद प्रसाईँले स्वागत मन्तव्य राखेका थिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर