Aamsanchar

हिजो मात्र ०८४ सम्म कांग्रेस सरकारमा जान नहुने धारणा राखेका थापाले संसदमा भने : काम गर्न नसके तत्काल प्रधानमन्त्री छाड्नुस्

Author Image
आइतवार, असार ९, २०८१

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न आग्रह गरेका छन्। प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरुले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै बालुवाटारबाट डेरा सर्न आग्रह गरेका हुन्।

आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने उनको भनाइ थियो। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौती नगर्न पनि सरकारलाई सचेत गराए।

उनले भने, ‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व। तर संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीलाई बकस दिएको जस्तो गर्दै आएको छ। मानौ यो–तजविजी अधिकार हो। यसपालि पनि यस्तै भयो। अहिले आएर सरकारले निर्णय गर्‍योयो रे भन्ने सुनियो। तर दिने अनुदानमा ७ प्रतिशत जति घटाउनु अरे भन्ने कुरा सुनियो। किनकी स्रोत छैन भन्ने कुरा आयो। वडाको क्षेत्र भित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने। अनि स्रोत छैन भनेर अनुदान कटौति गर्ने रु यो अस्विकार्य छ। यो असंवैधानिक छ। यो भन्दा पनि रोचक कुरा समामुख महोदय, स्थानीय सरकारका प्रमुखहरुले यो विषयमा प्रधानमन्त्रीसँग भेट्नुभएछ। अनि सय प्रतिशत चाहिन्छ भन्नुभएछ। अनि प्रधानमन्त्रीले के भन्नु भएछ भने–मेरो त मन छ, तर मन्त्रीले मानेन्। प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो रु यो संसदीय व्यवस्था हो। यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने हो भने सिंहदरवार, बालुवाटारबाट डेरा सर्ने।’

महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भए पनि संघीय सरकारले तजविजी अधिकारको रुपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे।

हिजो मात्र  महामन्त्री  थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका थिए। नेपाली कांग्रेस काठमाडौ‌ं क्षेत्र नं ६ प्रदेश (१)ले शनिबार आयोजना गरेको ‘दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर