Aamsanchar

कनकाई नगरपालिकाको सोह्रौ नगर सभा सुरु, प्रस्तावित नीति तथा कार्यक्रम सौहार्द रुपमा पास

Author Image
आइतवार, असार ९, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
आज (आइतवार) पालिकाको सभाहलमा आयोजित सोह्रौ नगरसभामा नगर उपप्रमुख आशा शिवाकोटीले उक्त नीति तथा कार्यक्रमलाई प्रस्थावको रुपमा नगर सभासदस्यहरु समक्ष पेश गरेकी हुन् ।

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पाखरेलको अध्यक्षतामा आयोजित नगर सभामा तीन जना सभासद (वडाध्यक्ष) हरुले प्रथाव गरिएको कार्यक्रममाथी सुझाव व्यक्त गरेका थिए । सभामा कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर कटुवालले कृषि खादमल व्यवस्थापको बारेमा सुझाव दिएका थिए । कनकाई १ का वडाध्यक्ष सुशिल पोखरेलले आफ्नो वडामा एउटा खानेपनी योजनाले प्राप्त गरेको बजेट र भईरहेको कामको अवस्थाबारे नगरले अनुगमन गर्नुपर्ने माग राखे । त्यसैगरी २ नम्बर वडाका वडाध्यक्ष प्रताव राईले वनवातावणको विषयमा जिज्ञाषा र सुझाव राखेका थिए ।

नयाँ नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासलाई मुख्य प्रार्थमितामा राखिएको छ । त्यसैगरी क्रमस सामाजिक विकास, वन वातावरण, विपद व्यवस्थापन तथा पर्यटन, सार्वजनिक सेवा, सु–शासन तथा संस्थागत क्षमता विकास, आर्थिक विकास कार्यक्रमहरु समावेस भएका छन् ।

संसदिय प्रणाली अन्तरगत आयोजना भएको सभामा सभाका अध्यक्ष नगर प्रमुख पोखरेलले नीति तथा कार्यक्रममा राखिएका कार्यक्रमहरु हटाउनु परे, थप्नु परे वा संसोधन गर्नु पर्ने हात उठाउनु होस् भन्दा कसैको पनि हात नउठेपछि पोखरेलले त्यसोभए समर्थन जनाउदै प्रथावित नीति तथा कार्यक्रम पास गर्नुहोस् भने पछि सभासदहरुले तालि बजाएर यस वर्षको नीति तथा कार्यक्रम छलफलका लागि पास गरेका छन् । त्यसपछि आजलाई नगरसभा स्थगित भएको जनाउ गराउदै भोलि बजेट निर्धारणको विषमा सभा चल्ले नगर प्रमुख पोखरेलले घोषण गरेका छन् ।

नगर सभाको सञ्चालन नगर सभा सचिव तथा कनकाई नगर पालिका प्रमुख प्रसाशकिय अधिकृत सुरज श्रेष्ठले गरेका थिए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)