Aamsanchar

राष्ट्रिय माझी डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम

Author Image
मङ्गलवार, असार ११, २०८१

रामेछाप – तेस्रो राष्ट्रिय माझी डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिंगल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेण्डमा डुंगालाई नदी वारपार गराई प्रथम भएका हुन् ।

तीन मिनेट १२ सेकेण्डमा ओखलढुंगाका कमल माझी र कुशल माझीले द्वितीय, तीन मिनेट १६ सेकेन्डमा रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय र तीन मिनेट २४ सेकेण्डमा नदी वारपार गरी सिन्धुली खांङका पेशल माझी र डिल्ले माझीले सान्त्वना पुरस्कार प्राप्त गरे । ‘डवल’ विधातर्फ दुई मिनेट ४४ सेकेण्डमा सुनसरीको समूह प्रथम, दुई मिनेट ५० सेकेण्डमा रामेछाप राताटारको समूह द्वितीय, दुई मिनेट ५१ सेकेण्डमा ओखलढुंगाले तृतीय र सुनसरी ‘ए’ले दुई मिनेट ५३ सेकेण्डमा नदी वारपार गरी सान्त्वना स्थान हासिल गरेको थियो ।

प्रतिस्पर्धाका आधारमा डुंगालाई सेलेघाटस्थित तीन नदीको संगम त्रीवेणीको वारि किनारबाट पारि पुर्याई पुनः वारि नै ल्याउनुपर्ने प्रावधान थियो । माझी समुदायको परम्परागत पेसाका रूपमा पहिचान बनाएको डुंगा व्यवसायलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलका रूपमा मान्यता दिएसँगै हरेक वर्ष प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)