Aamsanchar

हजका क्रममा १३०१ जना तीर्थयात्रीले ज्यान गुमाए

Author Image
मङ्गलवार, असार ११, २०८१

साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ। साउदी प्रशासनका अनुसार हजका क्रममा १३०१ जना तीर्थयात्रीले ज्यान गुमाएका छन्।

 

साउदी प्रशासनले यसपालिको चर्को गर्मी र अवैध यात्रा गर्नेको संख्या धेरै भएको कारणले मृत्यु बढी भएको बताएको छ। गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला यस वर्षको हजयात्रा भएको हो।

साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सीका अनुसार मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति थिएन। उनीहरू प्रचण्ड गर्मीमा आश्रय बिना हिँडिरहेका थिए।

 

मृतकमध्ये केही वृद्ध र बिरामी थिए।

साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल(जलाजेलले यात्रुहरूलाई अत्याधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्ने बारे सचेतना जगाउने प्रयास भइरहेको बताए।

स्वास्थ्य केन्द्रमा करिब पाँच लाख मानिसको उपचार भइसकेको छ, जसमध्ये १ लाख ४० हजार विना अनुमति यात्रा गर्ने व्यक्ति थिए। हजयात्राका क्रममा लगातार मृत्यु हुने र विशेषगरी अनुमतिबिना आउने मानिसलाई सुविधा नदिएको भन्दै साउदी अरेबियाको आलोचना भइरहेको छ।

हज यात्रामा मारिनेमा सबैभन्दा बढी इजिप्टका छन्। इजिप्टका ६५८ जनाको मृत्यु भएको छ। त्यस्तै ९८ जना भारतीयको पनि मृत्यु भएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)