Aamsanchar

झापामा आज बिहानै खेत जाेत्ने क्रममा चट्याङले लागेर एक जनाको मृ*त्यु

Author Image
मङ्गलवार, असार ११, २०८१

बिर्तामोड-झापाको कमल गाउँपालिका २ समईगढमा मङ्गलवार बिहान खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा उभिई रहेको अवस्थामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते हुनुभएको थियो उहाँलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
3
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर