Aamsanchar

कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा तीन जना महिला र एक पुरुष पक्राउ

Author Image
मङ्गलवार, असार ११, २०८१

धनगढी – कैलालीमा कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा तीन जना महिला र एक पुरुष पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार राति जिल्लाको गोदावरी नगरपालिका २ आदर्श गल्लीमा घरको कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका १ बस्ने ६५ वर्षीय महिला, सोही ठाउँ बस्ने २८ वर्षीय महिला, गोदावरी नगरपालिका ३ बस्ने ३७ वर्षीय पुरुष र जिल्लाको गौरीगङ्गा नगरपालिका १ बस्ने ३४ वर्षीय महिला गरी ४ जनालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नाउव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर