Aamsanchar

बेलायती जेलबाट रिहा भए विकिलिक्सका संस्थापक असान्ज

Author Image
मङ्गलवार, असार ११, २०८१

वर्षौँदेखि चलेको कानूनी लडाइँपछि विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट रिहा भएका छन्। अमेरिकी प्रशासनसँग सम्झौता भएपछि उनी रिहा भएको बीबीसीले जनाएको छ।

५२ वर्षीय अस्ट्रेलियन नागरिक असान्जमाथि अमेरिकाले राष्ट्रिय सुरक्षासँग जोडिएको दस्ताबेज चोरेको र सार्वजनिक गरेको आरोपमा मुद्दा हालेको थियो । सन् २०१० मा असान्जले इराक र अफगानिस्तानसँग जोडिएका कयौँ गोप्य अमेरिकी फाइलहरु सार्वजनिक गरेका थिए।

यसरी दस्ताबेज सार्वजनिक गरेपछि अमेरिका नैतिक संकटमा परेको थियो भने कयौँ उच्चपदस्थले जिम्मवारीबाट हात धुनुपरेको थियो। तर सार्वजनिक फाइलका कारण अमेरिकाको विरोध गर्ने ठूलो तप्कालाई भने सहयोग मिलेको थियो।

यही प्रकरणमा अमेरिकाले बेलायतमा लुकेका असान्जलाई सुपुदर्गीको मुद्दा हालेको थियो। विश्वभरबाट अधिकारकर्मीले चलाइरहेको अभियान, संयुक्त राष्ट्र संघमा बढेको दबाब लगायतका कारण उनी जेलमुक्त भएका हुन्। उनले अब अमेरिकामा जेल जीवन बिताउनु नपर्ने समाचारमा जनाइएको छ। उनी परिवारसँग बस्नेगरी अष्ट्रेलिया जानेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर