Aamsanchar

युरोकप : समुह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा

Author Image
बुधवार, असार १२, २०८१

काठमाडौँ । जारी युरोकपको समुह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।

गएराती सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोल रहित बराबरीमा रोकिएका थिए ।

यी बराबरीपछि इङल्याण्ड समुह सी मा ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै डेनमार्क र स्लोभेनिया भने ३(३ को बराबरी अंक र गोल अन्तरपनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहदै नक आउटमा छनौट भएको छ । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समुहका शिर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन् ।

त्यस्तै समुह सी बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरेपनि बाहिरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर