Aamsanchar

रुसी सेनामा भर्ती भएका एक नेपाली युवाकाे मृ*त्यु

Author Image
बुधवार, असार १२, २०८१

तनहुँ – रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको मृत्यु भएको छ।

आँबुखैरेनी गाउँपालिका– ५ भटिश्वराका ३४ वर्षीय रञ्जित गुरुङको रुस–युक्रेन युद्धमा परि मृत्यु भएको हो।

नेपाली सेनामा सेवा निवृत्त भएपछि गुरुङ दुबई हुँदै आठ महिना अघि रुसी सेनामा भर्ती भएको र उनको निधन भएको खबर बुधवार प्राप्त भएको गुरुङको नाताले दाइ पर्ने आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

एम्बुस परी असार ५ गते निधन भएको खबर प्राप्त भएको उनले बताए। रुसी सेनामा कार्यरत साथी सुरज गुरुङले रञ्जित मृत्यु भएको खबर परिवारलाई दिएका हुन्।

मृतक रञ्जित गुरुङको श्रीमती एक छोरा र एक छोरी छिन्।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर