Aamsanchar

गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग

Author Image
शुक्रवार, असार १४, २०८१

काठमाडौ-नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरूमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताए । उनले एसईईको नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तीर्ण भएको भन्दै उनले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष रूपले व्यवस्था गर्नुपर्ने बताए ।
उनले कक्षा १ मा भर्ना भएका सात लाख विद्यार्थी एसईईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बीचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

“हिजोमात्रै एसईई परीक्षाको रिजेल्ट निस्कियो । ४८ प्रतिशत मात्रै विद्यार्थीहरु एसईई पास भएको छन् । ५२ प्रतिशत विद्यार्थी फेल भएका छन् । कक्षा १ मा विद्यार्थी भर्ना हुँदा ११÷१२ लाख हुन्छन् । एसईईसम्म आउँदाखेरी पाँच लाख हुन्छ । एक त सात लाख विद्यार्थीहरु बाटोमै हराएका हुन्छन् । अहिले आएर सबभन्दा बढी गणित विषयमा एक लाख ७७ हजार फेल भएको छ । नेपालमा धेरैजसो गणित र विज्ञान शिक्षक स्कुलमा पाउन छोडिसकेको छ । म सरकारसँग जोडदार माग गर्न चाहन्छु, साँच्चै शिक्षालाई सुधार गर्ने हो भने गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न जोडदार माग गर्न चाहन्छु,” सांसद चौधरीले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर