Aamsanchar

झापामा ७० बर्षीया गौरीमायाको धारिलो हतियार प्रहार गरी ह*त्या

Author Image
शुक्रवार, असार १४, २०८१

झापा – झापाको भद्रपुरमा एक बृद्धाको हत्या भएको छ । शुक्रबार दिउँसो धारिलो हतियार (सिक्कल) प्रहार गरी भद्रपुर नगरपालिका –२ की ७० बर्षीया गौरीमाया तामाङको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार स्थानीय पृथ्वीनगरस्थित डिगाँउका ४० वर्षीय राजेश तामाङले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गर्दा बृद्धाको घटनास्थलमा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिनुभयो ।

हत्याको कारण खुल्न नसकेको चन्दले जानकारी दिनुभयो । घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर