Aamsanchar

यो वर्ष मलको अभाव नहुँने प्रधानमन्त्रीकाे भनाइ

Author Image
शुक्रवार, असार १४, २०८१

नारायणगढ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष मलको अभाव हुन नदिने बताउनुभएको छ। भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो। अघिल्लो वर्ष पनि मलको अभाव नभएको उहाँले प्रष्ट पार्नुभयो।

“अहिले हामी मलको राम्रो तयारीमा छौँ। अभाव हुन दिन्नौँ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गत वर्ष मलको अभाव थिएन। यो वर्ष पनि मलको अभाव हुँदैन।”

उहाँले दूध किसानको भुक्तानी दिने प्रकृया अगाडि बढाइसकेको जानकारी दिँदै यसमा गम्भीर रहेको उल्लेख गर्नुभयो। ‘‘दूध किसानले बाँकी भुक्तानी चाँडै हुन्छ। यो विषयमा सरकार गम्भीर छ’’, उहाँले भन्नुभयो।

केरा किसानको विषयमासमेत मन्त्रालयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पार्नुभएको छ। “किसानको केरा खेतीमा भएको क्षतिका बारेमा पनि मन्त्रालयमा छलफल भइरहेको छ। समस्या समाधानका लागि सरकारले गम्भीर पहल गरिरहेकै छ”, उहाँले भन्नुभयो। उहाँले किसानको समस्या समाधानमा छिटो भन्दा छिटो हुने प्रष्ट पार्नुभयो।

प्रधानमन्त्री प्रचण्डले एक अर्को प्रसंगमा अहिले वाम एकता वा पार्टी एकीकरण नहुने पनि स्पष्ट पार्नुभयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर