Aamsanchar

अर्जेको कँडेलपाटामा पहिरोले एकै घरका ५ जना पुरिए, ३ जनाको शव फेला

Author Image
शनिवार, असार १५, २०८१

गुल्मी – गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएका छन् । तीन जनाको शव भेटिएको छ । मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनुभयो ।

गएराति घर माथिबाट खसेको पहिरोले वर्ष ५६ का भेषबहादुरसहित उहाँकी श्रीमती बर्ष ४७ की सुन्तली बिक, बुहारी बर्ष ३० की सिता बिक, नातीनीहरु बर्ष ७ की सपना विक र बर्ष २ की विपना बिकलाई पहिरोले पुरेको मालिका गाउँपालिका–६ का वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएका मध्य भेषबहादुर, विक, बुहारी सिता बिक र सपना विकको शव भेटिएको छ । सुन्तली बिक र बिपना विकको खोजी भइरहेको छ । इस्मा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ । स्थानीयको सहयोगमा अहिले पहिरोमा पुरिएकाको खोजी कार्य भइरहेको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर