Aamsanchar

रौतहटमा यात्रुवाहक बस पल्टिँयाे

Author Image
शनिवार, असार १५, २०८१

रौतहट – रौतहटमा यात्रुवाहक बस पल्टिँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। शनिबार सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना७ख ८४१४ नम्बरको यात्रुबाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिएको हो।

घाइते हुनेमा महिला तथा बालबालिकाको संख्या बढी छन्। बस पल्टिएर माधव नारायण नगरपालिका-३ भेलही गाउँकी १८ वर्षीया नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा घाइते हुनेहरुमा परोहा नगरपालिका-३ तेजापाकडका देवंश कुमार दास, गौर-१ की रन्जु देवी दास, गौर-४ का राकेश चन्द्रवंशी छन्। यसैगरी वर्ष ५ की शिवानी कुमारी, वर्ष ३ की सोहानी तथा वर्ष १ की मधुकुमारी पनि सामान्य घाइते भएका छन्।

यस्तै भारत बिहारको मधुवनी बासोपटीका ४७ वर्षीय अविनाश झा पनि घाइते भएका छन्। झाकी पत्नी ३५ वर्षीया निकी झा, छोरी २ वर्षीया तथा सोही स्थानका वर्ष ६५ की सुधिना झा पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते १३ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटना भएको बसमा १५ देखि २० जना सबार रहेका थिए। दुर्घटना भएको बसका चालक फरार भएका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पुरानो बसलाई तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भएको हुनसक्ने स्थानीयको अनुमान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर