Aamsanchar

धान दिवसले किसानहरू प्रोत्साहित हुने : मन्त्री चौधरी

Author Image
शनिवार, असार १५, २०८१

सुनसरी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताएकी छन्।

आज नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

शान्ति सुरक्षा कायम गर्न सुरक्षानिकायको विशेष भूमिका रहेको भन्दै उनले जो जहाँ छ त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताइन्।

धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै आएको भन्दै उनले यो दिवसले किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताइन्।‘परम्परागतदेखि नै असारमा केही न केही कार्यक्रम गर्दै आएको पाइन्छ। २०६१ सालदेखि नेपाल सरकारले असार १५ गतेलाई धान दिवस मनाउँदै आएको हो’, उनले भनिन्।

राज्यले शुरुवात गरेको धान दिवसले किसानहरू प्रोत्साहित हुने मन्त्री चौधरीले बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर