Aamsanchar

सहकारीको रकम अपचलन गरेको आरोपमा अध्यक्ष सुरेन्द्र भण्डारी प*क्राउ

Author Image
शनिवार, असार १५, २०८१

काठमाडौँ – लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँको बालुवाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले  बताए ।

पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने एसएसपी भट्टराईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर