Aamsanchar

भिख माग्ने निहुँमा लुटपाट गर्ने दुई भारतीय प*क्राउ

Author Image
शनिवार, असार १५, २०८१

काठमाडौँ – भिख माग्ने निहुँमा लुटेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा घर भएका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना छिन् । काठमाडौँको सेतो पुलमा डेरा गरेर बस्ने ३५ वर्षीया उर्मिला श्रेष्ठको डेरामा असार १३ गते भिख माग्ने निहुँमा गएर उनीहरुले गहना लुटेका हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–१२ घर भएर सेतो पुलमा बस्ने उर्मिलाको कानको रिङ लुटेर उनीहरू फरार भएका थिए । आरोपीहरूलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए । घटनाबारे प्रहरी वृत्त माली गाउँले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर