Aamsanchar

पालिकाले किस्ताबन्दीमा सडक बत्तीको बक्यौता बुझाउन सक्ने

Author Image
आइतवार, असार १६, २०८१

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता बुझाउन पालिकालाई किस्ताबन्दीको सुविधा दिएको छ ।

प्राधिरणको सञ्चालक समितिबाट निर्णय भएअनुसार किस्ताबन्दीको सुविधाका लागि प्राधिकरणले सूचना निकालेर पालिकालाई ४५ दिनभित्र आवेदन दिन भनेको छ ।

प्राधिकरणको विद्युतीय संरचनामा सडक बत्ती जडान गरी बिजुली उपभोग गरेका पालिकाले थप दस्तुरसहितको बक्यौता बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने छन् ।

सम्बन्धित पालिकालाई प्राधिकरणले नजिककैको वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन र सुविधाको उपयोग गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर