Aamsanchar

माेरङ : तीन वर्षमा बन्नुपर्ने गेउरिया पुल १० वर्षसम्म पनि बनेन

Author Image
आइतवार, असार १६, २०८१

मोरङ – तीन वर्षमा बन्नुपर्ने मोरङको कानेपोखरी–रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । कानेपोखरी गाउँपालिका–२ कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको अलपत्र पुलबारे गएको चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन पनि दिएका थिए । तर निर्देशन दिएको चार महिना बित्नै लाग्दा पनि पुलको निर्माण सुस्त भएको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो । १५ मिटर लम्बाइको पुल एक करोड १८ लाखमा ठेक्का लागेको थियो तर कहिलेसम्म काम सकिन्छ भन्ने अझै पनि टुङ्गो छैन ।

नौ वर्षको अवधिमा पाँच जनाभन्दा धेरैले गेउरिखा खोलामा ज्यान गुमाइसकेका छन् । समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार राख्ने सबैलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर