Aamsanchar

वैवाहिक समारोहमा नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृ*त्यु, ४८ घाइते

Author Image
आइतवार, असार १६, २०८१

ग्वोजा – नाइजेरियाको उत्तरी बोर्नो स्टेटमा बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ भने ४८ घाइते भएका छन् ।

नाइजेरियाको स्टेट इमर्जेन्सी सर्भिसले जनाएअनुसार विस्फोट एउटा वैवाहिक समारोहमा शनिबार दिउँसो ३ बजे भएको थियो । त्यसपछि अर्को विस्फोट जनरल हस्पिटल ग्वोजा र तेस्रो विस्फोट अन्त्येष्टिस्थलमा भएको थियो ।

बोर्नो स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा)का महानिर्देशक डा बार्किन्दो मोहम्मद साइदुले घटनास्थलको निरीक्षण गरेका छन् ।

मृतकहरूमा पुरुष, महिला र बालबालिकाहरू रहेको सेमाले जनाएको छ । घटनाका बारेमा थप विवरण उपलब्ध गराइएको छैन । सीएनएन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर