Aamsanchar

झापा : कुकुरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयाे, एक घाइते

Author Image
आइतवार, असार १६, २०८१

फायल तस्बिर

झापा-कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आउँदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रवार बेलुका कमल गाउँपालिका वडा नं.५ सावित्र चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएर दुर्घटना हुँदा दुईजना घाइते बन्नुभएको थियो ।

घाइतेमध्ये मोटरसाइकल पछाडि सवार रहनुभएका शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिवार साढे ४ बजे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभएको छ । आचार्यको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो ।

अर्का घाइते सोही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर